काठमाडौँ । सोलुखुम्बुको सल्लेरी हुँदै काँकु बासाबाट खुम्बुपासाङल्हमु गाउँपालिका जोड्ने सडकखण्ड कालोपत्रे योजना बजेट अभावका कारण रोकिने अवस्था श्रृजना भएपछि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले अर्थमन्त्री प्रकाशशरण महतको ध्यानाकर्षण गराएका छन् ।
यस अघि नै निर्धारित योजनाको बजेट आर्थिक संकटको कारण देखाई कटौती हुने सम्भावना बढेको सुइको पाएका मेयर शेर्पाले तत्काल अर्थमन्त्री महतलाई भेटी १०.५ किलोमिटर सडक कालोपत्रेको योजना नरोक्न ध्यानाकर्षण गराएका हुन् ।
सल्लेरी – शिलगुडी – कांकु बासा हुदै खुम्बु पासाड–ल्हामु जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको पहिलो चरणको कालोपत्रेका लागि आफूले तत्कालै काम अघि बढाउन बजेट व्यवस्थापनका लागि अर्थमन्त्रीलाई आग्रह गरेको मेयर शेर्पाले बताए ।
गत असोज ३ गते संविधान दिवसको अवसर पारी मेयर शेर्पाले आफ्नो नगरपालिका क्षेत्रबाट सुरु हुने उक्त सडक कालोपत्रे योजनाको शिलान्यास गरेका थिए । मेयर शेर्पाले भनेका छन्, ‘उक्त योजनाका लागि आवश्यक बजेट निकासा गर्ने बिषयमा महत्वपुर्ण छलफल भएको छ ।’ उनले भने, ‘यहि माघ भित्र एक चौथाइ बजेट निकासा दिने र कामलाइ निरान्तर अगाडी बढाउन मन्त्रीज्युले सहमति जनाउनुभएको छ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com