काठमाडौं । लगातार उकालो लाग्दै आएको सुनको भाउ सोमबार भने ओरालो लागेको छ । सोमबार तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ ।
अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि सोमबार घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com