बलिउडका स्टार शाहरुख खानलाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिए पछि मुम्बई प्रहरीले ‘वाई प्लस’ सुरक्षा प्रदान गर्ने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार खानको चलचित्र ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले ज्यान मार्ने धम्की दिएको मुम्बई प्रहरीलाई सूचना प्राप्त भएको हो ।
केही मिडिया रिपोर्टहरूमा खान आफैले यसबारे उजुरी गरेका थिए, त्यसपछि उनको सुरक्षा बढाउने निर्णय गरिएको उल्लेख छ । सन् २०१४ मा उनलाई ग्याङस्टर रवि पुजारीले ज्यान मार्ने धम्की दिएका थिए । त्यस्तै, सन् २०१० मा माई नेम इज खान चलचित्रका दौरान पनि उनलाई कयौँ धम्की आएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com