माघ, २९। जनयुद्ध दिवसको अवसरमा उदयपुरको ताप्ली गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष ढुंगराज विकले गाउँपालिकाभर जनयुद्ध दिवसका अवसरमा फागुन १ गते बिदा दिइने बताउनुभयो ।
ताप्ली गाउँपालिकाका प्रशासकीय अधिकृत भक्त बहादुर राईले एक सूचना जारी गर्दै गाउँपालिका अध्यक्षबाट फागुन १ गते लाई सार्वजनिक दिने निर्देशन आएको हुँदा सोहीअनुसार गाउँपालिकाका सार्वजनिक निकायलाई विदा दिईएको जानकारी दिनुभयो ।
यसअघि दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिँदै आएको थियो । जनयुद्ध दिवसुको अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले भने बदर गरिदिएको छ । तर, कतिपय स्थानीय तहले धमाधम बिदा दिईरहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com