चैत, ३ । पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने तयारी गरिएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । भोली एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको मेयर धनराज आचार्यले बताए ।
पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धारा पार्कदेखि विभिन्न झाँकीसहितको ¥याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा सभा हुने महानगरपालिकाले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com