साउन, २२ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिका संयोजक सूर्य थापाले तथ्यका आधारमा सत्यमा पुग्ने गरि समितिले काम गरिरहेको बताउनुभएको छ । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलमा उहाले दुई महिनाको अवधिमा सरोकारवाला निकायसंग छलफल गरि तथ्यमा पुग्ने काम भएको भन्दै तथ्यका आधारमा सत्यमा पुग्ने गरि समितिले काम गरिरहेको बताउनुभएको हो ।
उहाले समितिमा बिभिन्न दलको प्रतिनिधित्व रहेपनि कुनै राजनीतिक प्रभाव नराखी निष्पक्ष रुपमा अध्ययन अनुसन्धान गरिरहेको जिकिर गर्नुभयो । संसदको शत प्रतिशत मतले छानविन समिति गठन भएको भन्दै उहाले समितिले जवाफदेहीताका साथ काम गर्ने धारणा राख्नुभयो । उहाले सहकारी समस्याको दीर्घकालीन समाधानको प्रयास स्वरुप समिति सक्रिय रहेकाले त्यही अनुसारको सिफारिस गर्ने स्पष्ट पार्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com