कार्तिक, ९ । कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएका प्रहरीले जनाएको छ । यस घरमा उनीहरुको खाजा पसल थियो । राती खाजा पसल बन्द गरेर बाहिर पालीमै सुतेका थिए । पालीमा सुतिरहेकै खाटमा विभत्स हत्या गरिएको अवस्थामा शव परेको छ । शरिरका विभिन्न स्थानमा धारिलो हतियारले प्रहार गरेको गहिरो चोटहरु छन् ।
प्रहरीका अनुसार श्रीमानको टाउको फुटेको छ । घरको आँगन रक्ताम्मे छ । महिलाको शव खाटबाट तल झरेको अवस्थामा छ । तालिम प्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीका अनुसार यो हत्या नै भएको हुन सक्ने अनुमान छ । प्रहरी घटनास्थलमा पुगि अनुसन्धान भइरहेको लालझाडी १ का वडाध्यक्ष प्यारेलाल रानाले बताएका छन् ।
अहिलेसम्म घटनास्थलबाट कुनै प्रमाण फेला परेका छैनन् । राती नै हत्या गरि अपराधी फरार भएको हुनसक्ने देखिएको छ । अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडीस्थित घटनास्थल पुगेको छ । घटनास्थलालाई शिल गरेर प्रहरी मुचुल्का उठाउने र अनुसन्धान गर्नेमा केन्द्रीत बनेको छ । उक्त घटनाका कारण अहिले लालझाडी गाउँ आतंकित बनेको छ । गाउँ तथा टोल छिमेकका मानिसहरु अत्तालिएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com