साउन, २६ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ । कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले नेता गिरीको अवस्थामा सुधार देखिएको बताउनुभयो ।
सचेतक विश्वकर्माले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाल आउन साथ निमोनिया देखिएकोले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको बुझिएको छ ।’
घाँटीमा देखिएको क्यान्सरको उपचारका लागि भारत गएका उनी स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किएका थिए । पुनः समस्या देखिपछि उनले ललितपुर कै नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा थप उपचार गराइरहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com