साउन, २७ । पार्टी एकलौटी ढंगबाट चलाउन खोजेको भन्दै काँग्रेस नेता शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । सभापति शेरबहादुर देउवाले आफूहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सरसल्लाह नगरिकनै अघि बढेको भन्दै शेखर कोइराला समूह असन्तुष्ट बनेको हो ।
सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको भन्दै छ्ुट्टै बैठक बोलाएको छ । आफ्नो समूहको रणनीति बनाउन नेता कोइरालाले शनिबार दिउँसोका लागि आफूपक्षीय बैठक बोलाएका छन् । बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाइएको एक नेताले बताए ।
सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय ती नेताले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com