काठमाण्डौँ । विश्व किर्तिमानी पत्रकार भानुभक्त निरौला ‘टान जर्नालिजम अवार्ड’बाट सम्मानित भएका छन् ।
ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपालको बार्षिक साधारण सभा तथा अधिबेशनको अवसरमा पत्रकारिताबाट पर्यटन प्रर्वद्धनमा गरेको योगदानको कदर गर्दै पत्रकार निरौला सम्मानित भएका हुन् । सोमबार होटल हायतमा आयोजित कार्यक्रममा पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र टान अध्यक्ष खुम सुवेदीले पत्रकार निरौलालाई नगद र ताम्रपत्र प्रदान गरे ।
हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक समेत रहेका निरौलाले वि.स. २०६४ सालदेखि हिमाली जिल्ला सोलुखुम्बुबाट पत्रकारिता शुरु गरेका हुन् । उनले जिल्लाबाटै कान्तिपुर पत्रिका र टेलिभिजनमा रिर्पोटिङ समेत गर्छन् । निरौलाले पर्यटन पर्वद्धनकै सवालमा विश्वकै लामो रेडियो अन्तरवार्ता लिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com