कार्तिक, ३ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विभागीय टोली एपीएफ क्लबले जितेको छ । बिहीबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै ६–५ ले हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।
पोखरा रंगशालामा निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा आर्मीका सेसेहाङ आङदेम्बे र सुमन अर्याल चुकेपछि एपीएफ च्याम्पियन बनेको हो । आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विवेक बस्नेत र विकास खवासले गोल गरे ।
पेनाल्टीमा एपीएफका नवीन लामा, आवास लामिछाने, सुदिप शिख्राकार, राजु योगी, दिपेश धिमाल र मणिकुमार लामाले गोल गरे । सनिस श्रेष्ठ भने पेनाल्टीमा चुके । महिला तर्फको स्वर्ण पदक पनि एपीएफले नै जितेको थियो । ratopati
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com