माघ, १२ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफुले पाउने तलब सुविधाबाट एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस डक्टर पढ्नका खर्च गर्ने भएका छन् ।
खर्च अभावले पढ्न नपाएका एकजना मात्रै विद्यार्थीले भएपनि राम्रो शिक्षा अध्ययन गर्ने वातावरण बनोस भन्दै आफुले पाउने तलब सुविधा पढाईका लागि प्रदान गर्ने निर्णय गरेको अध्यक्ष राईले बताए ।
स्थानीय चुनावमा थुलुङ दुधकोशी गाउँपालिकाबाट दोस्रो कार्यकालका लागि गएको जेठ ६ गते राईले अध्यक्षमा पदबहाली गरेका थिए । उनले आफुले पदबहाली गरेकै समयदेखिको पालिका अध्यक्ष स्तरको तलब सुविधा एमबीबीएस डक्टर पढ्ने एक विद्यार्थीको पढाई खर्चका लागि प्रयोग गर्ने बताएका हुन् । त्यसका लागि अध्यक्ष राईले आज एक सुचना निकालेर छात्रवृत्तिका लागि आह्वान समेत गरेका छन् । उनले गाउँपालिकाभित्र इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परिक्षा उतिर्ण गरि गाउँपालिकामा १५ दिनभित्र आवेदन गर्न आग्रह गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com