रौतहट । रौतहटमा चक्कु प्रहारबाट घाइते एक युवकको मृत्यु भएको छ। राजदेवी नगरपालिका ६ का २० वर्षीय राहुल साहको मृत्यु भएको हो । उपचारको क्रममा सोमबार बिहान एलएस न्युरो हस्पिटल वीरगन्जमा उनको मृत्यु भएको जनाइएको छ ।
गत शुक्रवार नेमधारी वासुदेव नमुना माध्यमिक विद्यालय मुडवालबाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा विवादपछि भएको झडपमा परेर साह गम्भीर घाइते भएका थिए । काठमाडौँमा अध्ययन गरिरहेका मृतक साह दीपावली तथा छठ पर्व मनाउन घर आएका थिए।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com