माघ, २६। बेलायतका विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री एन्ड्रयु मिचेल नेपाल भ्रमणमा आउने भएका छन् । मिचेल माघ २९ गतेदेखि दुई दिनका लागि नेपाल भ्रमणमा आउने भएका हुन् । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ । भ्रमणको क्रममा उनले बेलायतद्वारा सञ्चालित विभिन्न परियोजनाको अवलोकन समेत गर्ने बताइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com