मघ, २९ । पर्यटन पक्की सडकको माग राख्दै महाआभियान नै थालेको उदयपुरको लिम्चुङबुङ गाउँपालिकालाई रौतामाई र ताप्ली गाउँपालिकाले पनि साथ दिएका छन् । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राई, ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज वि.क, रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र कुमार मगर पर्यटन पक्की सडक निर्माणका लागि साझा संकल्पसहित सहकार्य गर्न सहमत भएका हुन ।
लिम्चुङबुङ गाउँपालिकाले मदन भण्डारी राजमार्गको सोलमारी चोकदेखी मुर्कुची – पुवाँरे– डिल्लीबर–भालेवास हुँदै माझखर्क–लिम्चुङबुङ – होलोसुङ – जनकराज राई मार्ग हुदै हेलसीसम्मको पर्यटन पक्की सडकको माग राख्दै आएको छ । गाउँपालिकाले पर्यटन पक्की सडकका लागि विगत लामो समयदेखि सरकारसँग मागसहितको दबावका कार्य गरिरहँदा छिमेकी पालिकाहरुले पनि लिम्चुङबुङलाई साथ दिएका हुन् ।
एउटै पुस्तामा समृद्ध लिम्चुङबुङ बनाउने माहाअभियान लिएर हिडेको लिम्चुङबुङ लिम्चुङबुङ गाउँपालिकाले केन्द्रीय सरकारलाई पर्यटन पक्की सडक निर्माणमा सहयोग गर्न बाराम्बार माग गरिरहेको छ । पालिकाको प्रयासले मात्रै पर्यटन पक्की सडक बन्न नसक्ने भएकाले पालिकाले केन्द्र सरकारसँग माग गरेको हो । पालिकाले छिमेकी स्थानीय तह, प्रदेशसँगै केन्द्र सम्म पालिका सम्म पक्की सडकको योजना बारे जानकारी गर्दै सहयोगकको अपेक्षा गरेको छ । सोही अभियानमा स्थानीयले भने साथ दिएका छन् ।
यसअघि पालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाउँदै लिम्चुङबुङको माहाअभियानमा केन्द्र सरकारले सहयोग पुराउन अनुरोध समेत गरेको थियो ।
पर्यटन पक्की सडकको माग गरिएको यो क्षेत्र हुँदै खोटाङ हलेसीलाई नजिक जोड्न सकिन्छ । लिम्चुङबुङको भ्यु टावरबाट देशकै ७ ठुलो हिमालहरु हेर्न सकिन्छ । पक्कि सडकले लिम्चुङबुङ समृद्ध बनाउन ठुलो टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष मेजर राई बताउनुहुन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com