चैत, ४ । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ४ डाँडाखर्क – सुकेपोखरी पर्यटन सडकको उद्घाटन गरिएको छ। शनिबार एक कार्यक्रमका बिच प्रदेश सदस्य गोम्बु शेर्पा कर्ज्याङ र गाउँपालिका अध्यक्ष असिम राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष राईले यस क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गर्नको लागि आवश्यक डिपिआर निर्माणको चरणमा रहेकाले आगामी दिनमा थप पुर्वधार निर्माण गरिने बताउनुभयो । स्थानीयको माग र त्यहाको आवश्यक्तालाई ध्यानमा राखेर बजेट व्यबस्था गरेको भन्दै अध्यक्ष राईले खानेपानी लगायतको सहजताको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सडक निर्माण भएपछि यस क्षेत्रको स्थानीय नागरिक र पर्यटकका लागि आवतजावतमा सहजता भएको भन्दै स्थानीयबासीले धन्यवाद दिएका छन । उद्घाटन कार्यक्रममा गाउँपालिका उपअध्यक्ष सबिता राई पालिका प्रवक्ता भोजराज कार्की, वडा नम्बर ४ का कार्यबाहक अध्यक्ष बिकास भारती लगायतको उपस्थिति रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com