चैत, १५ । सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत सिहंदरबार केन्द्रित बनेका छन् । पालिकामा लैजान सकिने बजेट र योजनाका सन्दर्भमा छलफल तथा पहलकदमीका लागि पालिका अध्यक्ष बस्नेत विभिन्न मन्त्रालय पुगेका छन् ।
अध्यक्ष बस्नेतले नवनियुक्त राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल भेटी बधाई तथा शुभकामना ब्यक्त गरे । यस्तै, उनले उपप्रधान तथा गृह मन्त्री रवी लामिछानेसगँ भेट गरी सोताङ गाउँपालिकास्थित रहेको ईलाका प्रशासन कार्यलय प्रमुखको व्यवस्थापन यथाशिघ्र गरिदिन आग्रह गरेका छन् । । त्यस्तै, दिप्लिघाट पुलको बारेमा अहिलेसम्म भएका पहल र प्रगती साथै दिर्घकालिन रुपमा गर्न सकिने पहलकाबारेमा समेत छलफल गरेका अध्यक्षले बताए । छलफलपछि गृहमन्त्री लामिछानेले इलाका प्रशासन र पुल निर्माणका लागि पहल थाल्ने आश्वासन दिएको अध्यक्ष बस्नेतले बताए ।
त्यस्तै, अध्यक्ष बस्नेतले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठसगँ भेट गरी नेले सोताङ हुँदै महाकुलुङसम्मको सडक स्तरउन्नती र कालोपत्रे गर्न बहुवर्षिय योजनामा पार्न पहल गर्दै बजेट ब्यबस्थापान गर्न ध्यानकर्षन गराएका छन् । त्यसैगरि, खानेपानी मन्त्री राजेन्द्र कुमार राईलाई भेटी यहि बर्ष विस्तृत परियोजना अध्ययनमा रहेको केन्द्रिय खानेपानि आयोजनाले तयार गर्ने प्रतिबेदन अनूसारको बजेट कार्यक्रममा राखिदिन कार्यपालिकाको निर्णयसहित निबेदन पेश गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com