भदौ, ३० । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका स्थित जुगल नव गुरुकुल विद्यालयका विद्यार्थीहरुको तेक्वान्दो ग्रेडिङ अर्थात बेल्ट प्रमोसन गराइएको छ । शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई प्रोमोसन बेल्ट दिइएको हो । तेक्वान्दो अन्तराष्ट्रिय खेलाडी नीता गुरुङद्धारा विद्यार्थीको प्रोमोसन गराइएको विद्यालयका तेक्वान्दो प्रशिक्षक न्हवाङ केसाङ लामाले जानकारी दिनुभयो । विद्यालयका ६३ भन्दा बढि विद्यार्थीहरुलाई बेल्ट प्रमोसन गराइएको हो । विद्यालयका अध्यक्ष डोरप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय रेफ्री निता गुरु र नोर्बु मोक्तानलाई सम्मान गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक गिताबहादुर लामिछानेले आगामी दिनमा तेक्वान्दोको जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी स्कुलको फाउन्डर मोहन थापा, रिता थपलिया साथै बिज्ञान स्कुल कोअर्डिनेटर विशाल लम्सालको उपस्थित रहेको उक्त ग्रेडिङ कार्यक्रमको ग्रेडिङ प्रशिक्षकको रुपमा अन्तर्राष्ट्रिय रेफ्री एवं साफ गेममा पुम्से तर्फको स्वर्ण पदक बिजेता निता गुरुङ रहनुभएको थियो ।
कार्यक्रम राष्ट्रिय खेलाडी एवं अन्तर्राष्ट्रिय रेफ्री दोलखा जिल्ला तेक्वान्दो संघको सचीव नोर्बु मोक्तान काठमाडौ जिल्ला तेक्वान्दो संघको सदस्य रामशरण नेपाली ( द ) च्याम्पियन तेक्वान्दो डोजाङ्का प्रमुख प्रदीप आले मगर, छुल्टिम लामा, स्कुलका इसिए कोअर्डिनेटर सन्तोष श्रेष्ठ, तेक्वान्दो सिनियर प्रशिक्षक सागर पुलामी मगर, पासाङ तामाङ, खागेन्द्र गिरि लगायतको उपस्थिति रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com