साउन २५ । संघीय निजामति सेवा ऐनविरुद्ध नायब सुब्बा अर्थात नासुहरुको आन्दोलन जारी छ । आज पनि बिहान १० बजेदेखि ११ बजेसम्म उनीहरुले ‘पेन डाउन’ गरेर निजामति सेवा ऐनको विरोध गरेका छन् । आजै अपराह्न माइतिघरमा ¥यालीसहित प्रदर्शन गर्ने नायब सुब्बा पशुपति पोखरेलले जानकारी दिए । उनका अनुसार आजै थप आन्दोलनका कार्यक्रम घोषणा गरिने छ ।
देशभरका नासुहरु संघीय निजामति सेवा ऐन संशोधन गरि आफ्ना माग पुरा गर्न भन्दै आन्दोलनमा उत्रिएका हुन् । संघीय मामिला मन्त्रालयले तयार पारेको निजामति ऐनको संशोधनमा नायब सुब्बाहरूले असन्तुष्टि जनाएका हुन् । लामो समय एउटै पदमा रहेर काम गरेका नायब सुब्बाहरूलाई अधिकृत बन्ने बाटो बन्द गरेको उनीहरुको आरोप छ ।
हाल कार्यान्वयनमा रहेको संघीय निजामती ऐन, २०४९ मा अधिकृत पदमा रिक्त जनशक्ति पदपूर्ति गर्दा खुलाबाट ७० प्रतिशत र नायब सुब्बाबाट बढुवा गर्नेगरी ३० प्रतिशत लिने व्यवस्था छ ।
त्यसैगरी उनीहरुले सरकारले वृद्धि गर्न लागेको नयाँ तलब मानका सम्बन्धमा पनि आपत्ति जनाएका छन् ।
यी हुन् उनीहरुका माग
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com