साउन, २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा.बाबुराम भट्टराईबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ ।
आज बिहान खुमलटारमा डा.भट्टराई र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो । त्यस्तै, दुई पार्टीले एउटै घोषणापत्र लिएर चुनावमा जाने पनि सहमति भएको छ ।
यद्यपि, सहमतिलाई औपचारिक रुप दिन भने बाँकी रहेको एक नेताले बताए ।
आगामी मंसीर ४ को चुनावका लागि दुई पार्टीबीच सहकार्यका लागि केही दिनयता निरन्तर छलफल भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com