साउन, ३० । सोलुखुम्बुको थुलुङ दुधकोशी अस्पतालबाट दुई नवजात शिशुसहित सुत्केरी महिलाको उद्वार गरिएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका २ कि २४ वर्षीया सुत्केरी रुपा सार्कीको राष्ट्रपति उद्वार कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टर मार्फत आज बुधबार काठमाडौ लगिएको हो ।
रुपाले गएराती ९ः३१ र ९ः३६ मा जुम्ल्याहा छोराहरुलाई जन्म दिएकी थिइन । समय अगावै शिशुको जन्म भएको र तौल समेत कम हुँदा आइसियु आवश्यक परेकाले काठमाण्डौँ पठाउनुपरेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
उद्वारका लागि आवश्यक पहल गर्ने गाउँपालिका अध्यक्ष असिम राई सहित प्रमुख जिल्ला अधिकारी लगायत सबैलाई परिवारले धन्यवाद दिएका छन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com