सोलुखुम्बु, साउन १३ । सोलुखुम्बुमा पहिलो पटक जिल्ला स्तरीय स्नूकर खेल हुने भएको छ । भोलीदेखि सुरु हुने खेलको सवै तयारी पूरा भएको आयोजक संस्था स्टार युथ क्लबले जनाएको छ ।
पहिले पालिका स्तरीय खेल खेलाइने र पालिकाबाट छनौट भएर आएपछि जिल्ला स्तरीय स्नूकर खेल खेलाइने भएको छ । भोलीदेखि सुरु हुने पालिका स्तरीय खेलको सोलुदुधकुण्ड नगरपालिकाबाट सुरु गरिने आयोजक टिमका विजय तामाङले जानकारी दिए । उनका अनुसार सेमिफाइनल खेल भदौ ११ गते हुनेछ भने जिल्ला स्तरीय फाइनल खेल भदौ १४ गते सदरमुकाम सल्लेरीको एभरेष्ट स्नूकर हाउसमा हुनेछ ।
यस्तो छ खेल सञ्चालनको तालिका
सोलुदुधकुण्ड नगरपालिका – १४ र १५
लिखु पिके गाउँपालिका – १६ र १७
नेचा सल्यान गाउँपालिका – १८ र १९
थुलुङ दूधकोशी गाउँपालिका –२१ र २२
सोताङ गाउँपालिका – २४ र २५
महाकुलुङ गाउँपालिका – २७ र २८
माप्यदुधकोसी गाउँपालिका– ३० र ३१
खुम्बु पासाङल्हमु गाउँपालिका – ३ र ४
खेलमा पहिलो हुनेले ५५ हजार ५ सय ५५, दोस्रोले ३३ हजार ३ सय ३३ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैँयासहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com